अपडेट 
२०८१ श्रावण १३, आईतवार ०७:४२

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्नेबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

पूर्वराज्यमन्त्री रायको घरमा काम गर्ने रामउजैन रायको आधारहीन भनाइ एवं गतिविधिका आधारमा हत्यामा राम उजैनकै संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको बताइएको छ । कविलासी नगरपालिका – ३ का २१ वर्षीय रामउजैनलाई प्रहरीले घटनालगतै पक्राउ गरेको थियो । पूर्वराज्यमन्त्री रायको साउन ६ गते राति रतनपुरस्थित आफ्नै घरमा हत्या भएको थियो । साउन ६ गते राति घरमा दुईजना मात्रै रहेका थिए । रामचन्द्रको हत्याको भन्दै प्रहरीलाई राति रामउजैनले नै खबर गरेका थिए ।

प्रहरीलाई उनलै सुरुमा राति ९ बजेतिर तीनजना जग्गाको विवाद मिलाउन भन्दै आएको र आफूलाई सुत्न पठाएको बताएका थिए । तर, राति १ बजे उठेर हेर्दा रामचन्द्रको हत्या भएको आफूले थाहा पाएको र खबर गरेको सुरुवातमा बताएका थिए । रामउजैनको भनाइ र गतिविधिको छानबिनबाट अहिलेसम्म हत्यामा रामउजैनकै संलग्नता देखिएको अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका अधिकारीहरुको ठहर छ । हत्याको अनुसन्धानका लागि सीबीआईको टोली सर्लाहीमा रहेको छ ।

अनुसन्धान टोलीले घटनामा प्रयोग भएको फरसा त्यतिबेला नै फेला पारेको थियो । यस्तै रामउजैनले पूर्वराज्यमन्त्री रामचन्द्रलाई हत्या गर्दा लगाएको कपडा रगतसहित घर नजिकै लुकाएको अवस्थामा अनुसन्धानका क्रममा फेला पारेको केन्दीय अनुसन्धानका व्युरोका एक अधिकारीले बताएका छन् । पूर्वराज्यमन्त्रीको हत्याका बारेमा स्थानीयले जग्गा विवादभन्दा पनि साउन ६ गते रामचन्द्रले बैकबाट रकम निकालेको र सोही लुटनका लागि हत्या हुनसक्ने आशका गरेका थिए । प्रहरीले भने रामचन्द्रको हत्या भएपछि रामउजैन आफ्नो घर कविलासी नगरपालिका पुगी पुनः पूर्वराज्यमन्त्री रामचन्द्रको चन्द्रनगर गाउँपालिका–१ रतनपुर आएको बताएकै बेलादेखि नै हत्यामा रामउजैनको संलग्नताको आशंका प्रहरीले गरेको थियो ।

पक्राउपछि रामउजैनले अपरिचित तीन जना राति जग्गा विवाद मिलाउन आएको र वास बसेका कारण आफू छतमा गइ सुत्न गएको र राति लघुशंका गर्न उठदा पूर्वराज्यमन्त्री रामचन्द्रको हत्याको अवस्थामा पाएको प्रहरीलाई बताएका थिए । पूर्वराज्यमन्त्री रामचन्द्रको सहयोगीका रुपमा रहेको रामउजैनप्रति रामचन्द्रका परिवारजनको विश्वासमा कमी देखिएको छैन उनीहरु अहिले पनि हत्यामा अन्यको संलग्नताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई आग्रह गरिहेका छन् ।

अनुसन्धानका क्रममा हत्यासँग सम्बन्धित फेलाका सबै सामान परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामामा पठाइएको प्रहरीले जानकारी दिएको छ । हामीले अन्य कोणबाट पनि अनुसन्धान गरिरहेका छा,ैं तर, अहिलेसम्मको अनुसन्धानबाट रामउजैनको मात्रै संलग्नता देखिएको छ, त्यसलाई प्रमाणबाटै पुष्टि गर्न बरामद भएका भएका सामान परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएका छौं ,त्यो रिपोर्ट आएपछि सबै कुरा सार्वजनिक गरिने अनुसन्धान अधिकारीले बताए ।

Comment


Related News

Latest News

Trending News