अपडेट 
२०८१ श्रावण १४, सोमबार ०७:३५

रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास–६ स्थित रातुखोला किनारमा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर अन्दाजी १३ वर्षका बालक रिदम विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । पौडी खेल्न भनी घरबाट निस्किएका बालक घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले आइतबार दिउँसो १ बजे मृत अवस्थामा उनको शव फेला पारेका छन् । उत्खननको मापदण्डविपरीत क्रसर उद्योगले २० फिटमाथिका सयौं खाल्डा बनाएको उक्त क्षेत्रमा वर्षाको पानी जमेसँगै बालबालिका पौडी खेल्न जाने गरेकाले यस्तो घटना भएको स्थानीयको भनाइ छ ।

बर्दिवास–६ का वडाध्यक्ष पदमबहादुर आलेले मृत बालक पौडी खेल्न गएका बालकको खाल्डोमा डुबेर मृत्यु हुनु दुःखद भएको आलेले बताए । यसअघि पनि बर्दिवास–१४ का १६ वर्षीय रोशन मिश्रको क्रसरले बनाएको खाल्डोमै डुबेर मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News