अपडेट 
२०८१ श्रावण १४, सोमबार १०:४१

पोखरा महानगरपालिका  वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्।

बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए।

उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए।

बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए।

उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ।

Comment


Related News

Latest News

Trending News