अपडेट 
२०८१ श्रावण १५, मंगलवार १९:४६

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमनागरिकको कुरा सुन्न आफू देशव्यापी भ्रमणमा जाने बताउनुभएको छ ।

पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध जोड्न र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका राम्रा कामको प्रचार गर्न आफू देशभर पुग्ने बताउनुभएको हो । नागरिकको सुखदुःखका कुरा सुनेपछि पार्टीको रणनीति तय गर्ने उहाँकाे भनाइ छ ।

यसैगरी पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयाे । उहाँले पाँच दिनदेखिको छलफलमा गम्भीर रूपमा छलफल भएको बताउनुभयो ।

सापकाेटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिस्ट पार्टीको पुनर्गठन निश्चित गर्ने पनि उल्लेख गर्नुभयाे ।

Comment


Related News

Latest News

Trending News