२०८१ श्रावण १६, बुधबार १६:२९

नवलपरासी पश्चिमका जिल्ला कारागार प्रमुख (जेलर) विनोदकुमार दत्त कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि शाखा अधिकृत दर्जाका कर्णविरुद्ध अभियोग पत्र दायर गरेको हो।

आयोगका अनुसार कर्णले कारागारमा चौकीदार रहेका व्यक्तिलाई उक्त जिम्मेवारीबाट हटाइदिने र कैद माफी मिनाहाका लागि पनि सिफारिस नगर्ने धम्की दिएर टिभी र जुत्ता खरिद गर्न लगाएको र एक लाख ५० हजार रुपैयाँ नगदै लिएको आरोप लगाइएको छ।

उनले ५ हजार रुपैयाँ पर्ने जुत्ता किन्न लगाएको र एक लाख २६ हजार ४ सय रुपैयाँ पर्ने टिभी खरिद गर्न लगाएको आरोप पत्रमा उल्लेख छ।

Comment

Related News

Latest News

Trending News