२०८१ श्रावण १७, बिहीबार २०:१६

नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सुवास नेम्वाङको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो ।

यस्तै एमालेले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बाग्मतीमा डा. राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट रहनुभएको छ ।

त्यस्तै एमालेले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

Comment

Related News

Latest News

Trending News