अपडेट 
२०८१ श्रावण २०, आईतवार ०७:५६

जनकपरधाम– जयनगर– भंगहा रेल्वेको ट्रयाक तथा लिकको मरम्मत सम्भारका लागि भारत सरकारले गर्ने भएको छ ।

जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म ५२ किलोमिटरमा ब्रोडगेज रेल्वे सेवा सञ्चालनमा रहेको छ । सञ्चालनमा आएको करिब तीन वर्षसम्ममा मरम्मत तथा सम्भार गर्नुपर्ने भएकाले नेपाल रेल्वे कम्पनीले नेपाल सरकार मार्फत भारत सरकारलाई आग्रह गरेपछि भारत मरम्मत सम्भार गर्ने भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

रेल्वे ट्रयाक, स्लीपर, लीक तथा अन्य प्रकारको उपकरणहरुको मरम्मतमा करिब १७ करोड रुपैयाँ खर्च हुने र नेपालसंग प्राविधिक पनि नभएकाले भारत सरकारलाई नै प्राविधिक सहितको सहयोगका लागि आग्रह गरेपछि भारत सरकार मरम्मत सम्भारका लागि सहमत भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल्वेको मरम्मत सम्भारका लागि चाँडै प्राविधिकसहितको आवश्यक सामग्रीहरु भारतबाट आउने भएको छ ।

विसं. २०७८ सालदेखि जनकपुरधाम–जयनगर ब्रोडगेज रेल्वे सेवा सञ्चालनमा रहेको छ । पछिल्लो चरणमा महोत्तरीका भंगहासम्म रेल सेवा विस्तार भएपछि नियमित रुपमा सेवा सञ्चालनमा रहेको छ । रेल्वे सेवा सञ्चालनमा आएपछि धनुषा, महोत्तरी, सिरहा जिल्लाका जनता प्रत्यक्षरुपमा लाभ लिइ रहेका छन् ।

Comment


Related News

Latest News

Trending News