अपडेट 
२०८१ श्रावण २०, आईतवार १५:५७

बाेलबम तिर्थयात्री सवार टेलरसहितकाे ट्याक्टर नहरमा खस्दा घाईते भएकी एक महिलाकाे मृत्यु भएकाे छ ।

चक्रघट्टा गाउँपालिका-५ निवासी जोगीन्द्र मण्डलकी श्रीमति ४५ वर्षीया पतही देवीकाे उपचारकाे क्रममा वीरगंज स्थित नेशनल मेडिकल कलेजमा आईतबार दिउँसाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । दुर्घटनामा पतही देवीकी छोरी ११ वर्षीया अंशु कुमारीसहित अन्य ३ जना घाईतेकाे सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे छ ।

भारतकाे मढिया स्थित मन्दिरमा जल चढाएर फर्कीएका तिर्थयात्रीलाई चक्रघट्टा गाउँपालिका-५, औरहीतर्फ ल्याउँदै गरेकाे ज. २ त ३२७ नम्बरको ट्याक्टर आईतबार बिहान ११ बजे मलंगवा नगरपालिका-१२ गम्हरिया छेउकाे नहरमा खसेकाे थियाे ।

Comment


Related News

Latest News

Trending News