अपडेट 
२०८१ श्रावण २०, आईतवार १६:४९

ललितपुरको धापाखेलबाट झन्डै एक महिना अघिदेखि हराइरहेका एक युवक अझै भेटिएका छैनन् ।

सिरहाको कल्याणपुर नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका–२३ बस्दै आएका २० वर्षीय अरुणकुमार शर्मा हराएका भन्दै उहाँका दाजु रविकुमारले गएको असार २६ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनुभएको थियो । असार २५ गते बेलुका सवा ७ बजेतिर साथीलाई भेटेर कोठामा फर्किने क्रममा भाइ सम्पर्कविहीन भएका रविकुमारले बताउनुभयो ।

अरुणकुमार ललितपुरमा बसेर पढ्दै आउनुभएको थियो । भाइ सम्पर्कविहीन भएको एक महिना बितिसक्दा पनि प्रहरीले वास्ता नगरेको रविकुमारले गुनासो गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News