अपडेट 
२०८१ श्रावण २२, मंगलवार ०७:५३

जनता समाजवादी पार्टी(जसपा)नेपालको केन्द्रीय समिति बैठक साउन २७ गतेदेखि हुने भएको छ ।

गत जेठ महिनाको अन्तिम हप्ता जनकपुरधाममा सम्पन्न महाधिवेशनपछि चयन भएको २ सय १५ सदस्यीय केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको छ । बैठकको पहिलो २ दिन समाजवादलगायतका विषयमा प्रशिक्षण र अर्को दुई दिन पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण लगायतका विषयमा केन्द्रित रहने प्रवक्ता मनिष सुमनले जनाएका छन् । पार्टीमा हाल पदाधिकारीहरु चयन भएको छैन । प्रवक्ता सुमनका अनुसार केन्द्रीय समितिको पहिलो बैठकपछि पदाधिकारीहरु चयन हुनेछ ।

पदाधिकारी चयन गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको उनले बताए । जसपा नेपालले संघीय सरकारलाई विश्वासको मत दिएपनि संघ र प्रदेशमा सरकार बाहिर रहेको छ ।

Comment


Related News

Latest News

Trending News