अपडेट 
२०८१ श्रावण २२, मंगलवार ०९:०९

बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ अनुदान पाउने भएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २४ औँ बैठकले विपदबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेसँगै अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने बाटो खुलेको हो ।

यसअघि भूकम्प प्रभावितले अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ पाउँदै आएका थिए । तर अब मनसुनजन्य तथा आगलागी पीडितलाई पनि समेटिएको छ । हिजोको बैठकले डेंगी, झाडापखाला र हैजाजस्ता महामारीजन्य रोगको प्रकोप थप बढ्न सक्ने सम्भावनालाई ख्यालमा राखेर रोग फैलन नदिन स्वास्थ्य र खानेपानी मन्त्रालयमार्फत तत्कालै आवश्यक काम अगाडि बढाउन निर्देशन समेत दिएको छ ।

गृहमन्त्री लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने, महामारी थप फैलन नदिनेलगायतका उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । प्राधिकरणले बैठकमा यसवर्ष मनसुनले पारेको प्रभावबारे जानकारी गराएको थियो ।

Comment


Related News

Latest News

Trending News