अपडेट 
२०८१ श्रावण २३, बुधबार ०८:०८

मधेश प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका छन् । स्थानीय तहका कर्मचारीको हकमा प्रदेश सरकारले कानुन बनाउने संवैधानिक व्यवस्था बमोजिम विधेयक पारित भएको छ । विधेयकमा उठेका विभिन्न जिज्ञासाका विषयमा मुख्यमन्त्री सतीशकुमार सिंहले जवाफ दिँदै विधेयकका विषयमा प्रदेशसभाका सदस्यले उठाउनुभएका विषय लोकसेवा आयोगको परामर्शमा नै राख्ने काम भएको र धेरै सुझाव विधेयकमा समेट्ने काम भएको जानकारी दिए । यसअघि विधेयकको नाम, प्रस्तावनासहित दफा २ देखि १५९ सम्मका भाग पारित गरेर विधेयकको भाग बनेको जानकारी सभामुखले गराए ।

Comment


Related News

Latest News

Trending News