अपडेट 
२०८१ श्रावण २३, बुधबार १२:४४

सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको १२ लाखभन्दा बढी रुपैयाँसहित दुई जनलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा सशस्त्र प्रहरी बलले नेपाल–भारतको नाकाबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतो रहेका छन् ।  महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारत नाकाबाट जाँचका क्रममा दुबै जनालाई पक्राउ गरिएको ड्राइपोर्ट सशस्त्र प्रहरीको बेस क्याम्पका प्रहरी निरीक्षक विपिन खनालले बताए ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट ना ३५ प ६७१६ र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।

बरामद मोटरसाइकल र पैसासहित निजलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News