अपडेट 
२०८१ श्रावण २३, बुधबार १८:३७

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारको विरूद्धमा जनकपुरधाममा कुर्सी जुलुस निकालिएको छ ।  

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले संयुक्त रूपमा मन्त्रिपरिषद् विस्तारको विरूद्धमा मधेस सरकारविरूद्ध कुर्सी जुलुस निकालेका हुन् ।  

कुर्सी हातमा बोकेर जनकपुरधामको विभिन्न चोकको परिक्रममा गर्दै मुख्यमन्त्री सिंहविरुद्ध नाराबाजी गरेका छन् । मुख्यमन्त्री सिंहले ५ जना थप राज्यमन्त्री थपेर राज्य र जनतामाथि भार थपेको प्रदर्शनकारीहरुको ठहर छ । उनीहरुले मुख्यमन्त्री सिंहलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News