अपडेट 
२०८१ श्रावण २३, बुधबार १९:२०

सरकारले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना जाँचबुझका लागि आयोग बनाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय लिएको हो ।

उक्त हेलिकप्टरमा सवार पाँचजनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर जाँचबुझ आयोग गठन गरेको हो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको जानकारी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए ।

आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि दिइएकाे छ ।

Comment


Related News

Latest News

Trending News