अपडेट 
२०८१ श्रावण २४, बिहीबार ०७:५२

हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला पुल पुनः निर्माणमा दबाब दिन सिरहाका इन्जिनियर हरूले आन्दोलित भएका छन् ।

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवले मंगलबार सरोकारवाला पक्ष तथा बुद्धिजीविहरूबीच छलफल भएपछि दबाब सिर्जनात्मक स्वरुप आन्दोलनको कार्यक्रम तय गरेको बताए । जसअन्तर्गत बिहीबार सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम रहेको उनले बताए ।

आगामी आइतबार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुसयात्रा गर्ने संघर्ष समितिले जनाएको छ । कमला पुल पुनः निर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिने समितिका संयोजक यादवले बताए । मधेशको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान सास्ती भोग्दै आएका छन् ।

बाढी आएको समयमा तीन गुणा बढी दुरी पार गरेर मात्र जनकपुर आवतजावत गर्नुपर्ने बाध्यता छ । प्रदेश तथा सङ्घीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो रहेको छ । करिब १३ वर्षअघि निर्माण सम्पन्न भई उद्घाटनको तयारी गरिएको बेला कमला नदीमा आएको बाढीले पुल भासिएको थियो । सो पुल अझैसम्म पनि पुनः निर्माण हुन नसकेको छैन ।

Comment


Related News

Latest News

Trending News