अपडेट 
२०८१ श्रावण २५, शुक्रबार ०७:४५

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले जम्बो मन्त्रीमण्डल गठन गरेपछि सर्वत्र आलोचना भइरहेको बेला राष्ट्रिय अध्यक्ष डा.सी.के. राउतको सचिवालयले दिएको प्रष्टिकरणप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

अध्यक्ष राउतको सचिवालयले ‘ मधेश प्रदेशको सरकार गठबन्धनको हो, जनमत पार्टीको होइन’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको छ । सत्तासाझेदार नेपाली कांग्रेस मधेश प्रदेशका सूचना सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले मन्त्रीमण्डलबारे मापदण्ड रहेको उल्लेख गर्दै सत्ता टिकाउन जनमतले जम्बो मन्त्रीमण्डल गठन गरेको आरोप लगाएका छन् । गठबन्धनको दुई ठूला दलप्रति दोषारोपण गर्नु दूर्भाग्यपूर्ण रहेको उनले बताएका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंहले पछिल्लो पटक ५ जना राज्यमन्त्री थप गरी मन्त्रीको संख्या २० पु¥याएका छन् । यस अघि मधेश प्रदेशमा सबै भन्दा ठूलो मन्त्रीमण्डलमा १५ जना सदस्य थिए । गुप्ताले यस प्रकारको पोष्ट नगर्न आग्रह गर्दै कांग्रेसले जनहित र विकासका लागि सदैव सक्रिय रहने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News