अपडेट 
२०८१ श्रावण २७, आईतवार ०७:५१

सर्लाही जिल्लाको बरहथवा नगरपालिका–८ स्थित टाँडीमा एकजना युवकको शंकास्पद मृत्यु देखिएपछि एकजना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँ नजिकै रहेको शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा साह झुण्डिएको अवस्थामा फेला परेको र उपचारका लागि बरहथवा अस्पताल पु¥याएपछि उपचारको क्रममा उनको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताएका छन् । साहले शुक्रबार राति प्रेमिका भनिएकी युवतीलाई फोन गरी बोलाएको दुवैबीच भागेर विहा गर्ने विषयमा सहमति हुन नसकेपछि युवक झुण्डिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । झुण्डिएको रस्सीको दागबाहेक घाँटीलगायत शरीरका अन्य भागमा कुनै चोटपटक नलागेको प्रहरीको कथन छ । युवक तेली साह र युवती महरा(राम) थरकी रहेकाले भागेर विहा गर्ने सहमति दुवैबीच नभएपछि झुण्डिएको हुने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको युवतीले दिएको बयानमा युवकले बोलाएर भाग्न दिएको दबाब अस्वीकार गरी आफू उनीसित छुटिएको उल्लेख गरेकी छन् । मृतकका आफन्तजनले हत्या गरिएको आरोप लगाएपछि प्रहरीले पोष्टमार्टमका लागि शवलाई परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डु पठाएको छ । सर्लाही प्रहरीले प्रारम्भिक अनुसन्धान गरिसकेको र शिक्षण अस्पतालबाट आइतबार पोष्टमार्टमको रिर्पोट प्राप्त भएपछि घटनाको सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । मृतकका परिवारजनले मलंगवा अस्पतालमा पोष्टमार्टम गराउँदा रिर्पोट प्रभावित हुने आशंका गरेको बताइएको छ । गाउँमा विवाद चर्किन नदिन सुरक्षा अवस्थालाई सुदृढ बनाउन प्रहरी परिचालन गरिएको छ । बरहथवा नगरपालिका संवेदनशिल मानिन्छ ।

Comment


Related News

Latest News

Trending News