अपडेट 
२०८१ श्रावण २७, आईतवार ०७:५४

जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन पछिको केन्द्रीय समितिको पहिलो बैठक आइतबारदेखि ललितपुर स्थित थसी बैंक्वेटमा सुरु हुँदैछ ।

सो बैठकका लागि १० वटा एजेन्डा निर्धारण गरिएको छ । केन्द्रीय सदस्य योगेन्द्र यादवले जनाए अनुसार ४ दिनसम्म चल्ने बैठकको पहिलो दिन सपथग्रहण, परिचयात्मक कार्यक्रम र प्रशिक्षण हुनेछ । ‘साउन ३० गतेसम्म चल्ने बैठकमा पार्टीको आगामी वैचारिक, राजनीतिक, संगठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी निर्णय गरिनेछ’ उनले भने, पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमहरुको विषयमा समेत छलफल हुनेछ । जनकपुरधाममा गत जेठ महिनाको अन्तिम हप्तामा सम्पन्न एकताको पहिलो महाधिवेशनबाट अध्यक्षसहित झण्डै एक दर्जन सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

थप सदस्य चयन गर्न महाधिवेशनले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सर्वाधिकार दिएको थियो । अध्यक्ष यादवले असार २७ गते २ सय १५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका थिए । उनले सोही दिन ९ सदस्यीय कार्यकारिणी समितिको पनि घोषणा गरेका थिए । अध्यक्ष यादवले कार्यकारिणी समितिमा रिक्त रहेका सदस्यहरु र पदाधिकारीहरुको मनोनयन केन्द्रीय समितिको बैठकपछि गर्ने बताइएको छ । महाधिवेशनमा पदाधिकारी लगायत सदस्यहरुको निर्वाचनको प्रचार प्रसार अन्तिम चरणमा पुगेर मतदानको तयारी भइरहेको बेला अध्यक्ष यादवले चुनावी प्रक्रिया स्थगित गर्दै केन्द्रीय समिति, पदाधिकारी र कार्यकारिणी समिति चयनको अधिकार लिएका थिए ।

पार्टी विभाजन, केन्द्रिय सरकार बाहिर र मधेश प्रदेशमा सत्ताच्यूत भएपछि जसपा नेपालको हुन लागेको केन्द्रीय समिति बैठकले संगठनलाई सुदृढ बनाउन वडास्तर सम्मको अभियान सञ्चालन गर्ने निर्णय लिने बताइएको छ । भदौँ पहिलो हप्ता जसपा नेपालले काठमाण्डुमा बृहत्त भेला आयोजना गरी संविधान संशोधनमा राखिने विषय, बृद्धि गर्न लागिएको थ्रेसहोल्ड लगायतका मुद्दाहरु उठाउँदै संघर्षको घोषणा गर्ने तयारी समेत गरिदै छ । सो बैठकमका लागि निर्धारण गरिएको एजेण्डाहरुमा वर्तमान भू–राजनीतिक परि स्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध , नेपालको वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा हाम्रो पार्टीको भूमिका र नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय जातीय मुक्तिको सवाल माथि छलफल हुने बताइएको छ । त्यसैगरि नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा , जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा र संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा पनि बैठकमा प्रशिक्षण दिनेछ । स्थानीय तह, प्रदेशसभा र संसदमा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्ध, देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरू) बारे बैठकमा छलफल हुने एजेण्डा निर्धारण गरिएको छ ।

सो बैठकले अभियान सम्बन्धी कार्यक्रमहरू सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय समितिका सदस्यहरुलाई जिल्ला÷ महानगर÷ नगर÷ गाउँपालिकालगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी एवम् दायित्व तोक्ने विषयमा निर्णय गर्नेछ । मधेश प्रदेशमा सत्ताच्युत भएको जसपा नेपालले भने पार्टी विभाजनको प्रभावलाई रोक्न सफल रहेको छ । पार्टीका ठूला नेताहरुले अर्कै दल बनाएपनि मधेश प्रदेशमा त्यसको प्रभाव परेको देखिदैन । अध्यक्ष यादवले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको भदौ १३ गते पेशी रहेको छ ।

मुद्दाको फैसला जसपा नेपाल प्रतिकुल भए मधेश प्रदेश सभा दलमा समेत त्यसको प्रभाव पर्ने सम्भावना छ । मधेश प्रदेशबाट जनता समाजवादी पार्टीमा नेतृत्व गरिरहेका नेताहरुले अदालतको फैसलापछि मधेश प्रदेश संसदीय दलका कयौं सभासदहरु आफ् नो पक्षमा आउने दाबी गरिरहेका छन् । सरकारमा नरहेको बेला पनि जसपा नेपालका सभासदहरु एकजुट देखिएका छन् । मधेश प्रदेशमा जम्बो मन्त्रीमण्डल गठन भइसकेकाले जसपा नेपाल छाडेर जानेहरुका लागि तत्काल स्थान पाउने सम्भावना छैन ।

Comment


Related News

Latest News

Trending News