अपडेट 
२०८१ श्रावण २८, सोमबार ०७:२६

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले न्याय सम्पादनका लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

जनकपुरधाममा आइतबार नेपाल कानुन व्यवसायी परिषद्को ३१ आँै वार्षिकोत्सव समारोह बिषयक वर्तमान समयमा आमजनता प्रतिको कानुन व्यवसायीको भूमिका तथा व्यवहार विषयक एक दिवसीय विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यन्यायाधीश पौडेलले न्याय सम्पादनका क्रममा कानुनमा देखिएका केही त्रुटिपूर्ण समस्याको समाधानमा बारले भूमिका खेल्नु पर्ने बताए । उनले बारमार्फत कानुन व्यवसायीहरुले आफ्नो ठाउँबाट बेलाबखतमा न्यायालयलाई सचेत गराउनु पर्ने आवश्यकता रहेको बताए । उनले नेपाल बार एशोसिएसन र नेपाल कानुन व्यवसायी परिषदले गर्नु पर्ने सेवाहरु समेत प्रवाह नगर्दा न्याय सम्पादनमा प्रभावकारी नदेखिएको भन्दै न्यायाधीश पौडेलले न्यायपालिकामा भइरहेको भ्रष्टाचारलगायतकामा पनि बारले न्यूनीकरणका लागि भूमिका खेल्न सुझाए ।

आमजनताको न्यायमा सहज पहुँचका लागि समेत बारले चासो लिनुपर्ने उनले बताए । बार काउन्सिलले कानुन व्यवसायीका लागि कानुन र कामलाई मर्यादित बनाउँदै सिस्टम बसाल्नका लागि उनले आग्रह गरे । नेपाल बार एशोसिएसन जनकपुरधाम र नेपाल कानुन व्यवसायी परिषद मधेश प्रदेशको संयोजनमा भएको सो कार्यक्रममा मुख्यन्यायधिवक्ता सुरेन्द्र कुमार महतोले कानुन व्यवसायीलाई सामाजिक अभियन्ता भनिए पनि समाजमा लुच्चा फटाहाको संज्ञा दिने गरेको हुनाले सो मान्यतालाई हटाउँदै काम अनुसारको परिभाषा स्थापित गर्नुपर्ने जोड दिए ।

कानुन व्यवसायीले कहिल्यै झुठो बोल्दैन भन्ने मान्यता समाजमा रहे पनि कानुन व्यवसायीले सो मान्यतालाई व्यवहारमा उतार्न नसक्दा अहिले बदनाम रहेको तर्फसमेत ध्यानाकर्षण गराए । उनले समाजमा कानुन व्यवसायीलाई भ्रष्टाचार तथा विकृति विसंगतिको मुलश्रोत भन्ने गरेका कारण यस पेसालाई स्वच्छ र मर्यादित बनाउनु आवश्यक रहेको बताए । मुख्यन्यायाधिवक्ता महतोले भने, ‘ वकिल र न्यायाधीश दुबै एकै सिक्काका पाटो रहेको भन्दै उनले दुवैको भूमिका फरक रहे पनि एकै हुन् । दुबै न्यायका लागि काम गर्ने गर्दछन् ।’ न्यायिक विवेक र जनविश्वासका लागि कानुन व्यवसायी र न्यायालयसमेत मर्यादित हुनुपर्ने उनको भनाइ छ । उनले न्यायाधीश जागिरे नभई समाजमा न्यायको मान्यतालाई स्थापित गराउन र आमजनलाई समानरुपमा न्याय दिनका लागि न्यायाधीश र वकिलले आफ्नो विवेकीय प्रयोग गरी न्यायापालिकाप्रतिको आस्था कायम राख्नुपर्ने बताए । उनले बार र बेन्च एकै सिक्काको पाटो रहेको भन्दै मुख्यन्यायाधिवक्ता महतोले न्यायाधीशको दृष्टि पु¥याइदिने र पीडितलाई न्याय दिलाउनका लागि समेत छर्लंग पारिदिने काम कानुन व्यवसायीको रहेकाले सचेत हुन समेत आग्रह गरे ।

सोही कार्यक्रममा पुस्तकालय कक्ष समुद्घाटन समारोहको समेत आयोजनको क्रममा वरिष्ठ अधिवक्ता युगलकिशोर लालले नयाँ कानुन बनाउने कुरा भए पनि अग्रजले देखाएको सही मार्ग तथा कानुनको मापदण्डमा रही कानुन व्यवसायीहरुले काम गरेमा पेसाको मर्यादासमेत रहने बताए । नेपाल कानुन व्यवसायी परिषद्का मधेश प्रदेश अध्यक्ष श्यामकुमार मिश्रले वकिल लुच्चा र फटाहा हुन्छ भन्ने भनाइमा आफू सहमत नभएको बताउँदै वकिलप्रतिको विश्वास अगाध रहेको बताए । उनले लामो समयदेखि संचालनमा नरहेको पुस्तकालयलाई पुनः व्यवस्थित र न्याय सम्पादनमा सहज हुने किसिमले पुस्तकालयलाई संचालनमा ल्याएको बताउँदै प्रदेश अध्यक्ष मिश्रले वकिलहरुको संचय कोष स्थापनाबारे पनि आन्तरिक गृहकार्य सुरु भइसकेको बताए ।

नेपाल बार एशोसिएसन जनकपुरका अध्यक्ष बलराम सुवेदीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै कानुन व्यवसायीहरुले सचेततापूर्वक गम्भीर भइ पेसालाई थप मर्यादित र व्यवस्थितरुपमा काम गरेमा जनताले समेत न्यायको प्रत्याभूति पाउने र कानुनप्रतिको विश्वास बढ्ने बताए । सो कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु सुरेन्द्रकुमार महतो, किशोरी साह, राजेश्वर सेराय, चन्द्रकान्त मैनाली, सुरेन्द्रप्रसाद यादव, विश्वरञ्जन प्रसाद गुप्ता, नवराज खत्री, शिवकुमार चौधरी, धर्मेन्द्रकुमार शर्मा, दीनानाथ चौरसिया, श्याम कुमार मिश्र, भानुभक्त निरौला, देवेन्द्र ठाकुर र नागेन्द्र लाललगायतलाई सम्मानित गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News