अपडेट 
२०८१ श्रावण २८, सोमबार ०८:०५

विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिबासमा जारी ‘शिव पुराण महायज्ञ’बाट अहिलेसम्म ९३ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिबासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज आठौँ दिनसम्म ९३ लाख ३८ हजार ८ सय २३ नगद दान प्राप्त भएको जानकारी दिए । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि डेढ करोड संकलन गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको संयोजक हीरा गौतमले बताए ।

यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गर्नुभएको छ भने बर्दिबास नगरपालिका–१४ का चन्देश्वर साहले एक सय पाँच बोरा सिमेन्ट सहयोग गरेको छ ।

Comment


Related News

Latest News

Trending News