अपडेट 
२०८१ श्रावण ३१, बिहीबार ०७:५२

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । ललितपुरमा बुधबार समापन बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको जसपा नेपालले जनाएको छ ।

सो बैठकबाट भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको जनाइएको छ । त्यस्तै यही भदौँ ९ गते काठमाण्डुमा औपचारिक कार्यक्रम गरी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्ने भएका छन् ।

पहिलो चरणमा सो जनअभियान चार महिनाको लागि मंसिर मसान्तसम्म संचालन गर्ने योजना रहेको जनाइएको छ । सो बैठकले सदन र सडकमा बलियो उपस्थिति राख्दै संगठन निर्माणका लागि जनअभियानमा जुट्ने निर्णय पनि गरेको छ । जसपा नेपालको पाँच लाख क्रियाशील सदस्य पु¥याउने गरी केन्द्रीय सदस्य सो बैठकले पार्टीको लक्ष्य र कार्यदिशा निर्धारण गरेको केन्द्रीय सदस्य मनिष सुमनले जानकारी दिए । सो बैठकमा अध्यक्ष यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टीपंक्ति नेतृत्वलाई संगठन निर्माणमा जुट्नका लागि निर्देशनसमेत दिए ।

अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ लाई लक्षित गरी संगठन निर्माणमा होमिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रुपमा स्थापित गर्ने गरी ग्रास रुटका जनतामाझ गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

Comment


Related News

Latest News

Trending News