अपडेट 
२०८१ श्रावण ३१, बिहीबार ०७:५९

सत्तारुढ जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले गणतन्त्रविरुद्ध षड् यन्त्र भइरहेको भन्दै नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध आन्दोलन गर्न तयार रहनका लागि निर्देशन दिएका छन् ।

वीरगञ्जमा बुधबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष राउतले दुई ठूला दलहरुबाट नै गणतन्त्रमाथि खतरा रहेको बताए । उनले नेपालमा दुई दलीय व्यवस्था जवर्जस्ती लाद्नका लागि षड्यन्त्र गरिरहेको बताउँदै सो षड्यन्त्र भनेको जनतालाई नोक्सानी पुग्ने खाले रहेको धारणा राखे । उनले सो षडयन्त्रको विरुद्ध सडक आन्दोलनका लागि तयार रहन अध्यक्ष राउतले कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस र एमालेले सो प्रपञ्च रचिरहेको भन्दै अध्यक्ष राउतले यसको गन्ध बुधबार चलेको सदनको बैठकबाट प्रष्ट भएको भने ।

एमाले–कांग्रेसले गरिरहेको षड्यन्त्रको विरोधमा पुनः आन्दोलनमा उत्रिन तयार रहनुपर्ने जरुरी रहेको उनको स्पष्ट पारे । सो षड्यन्त्रको आशय भनेको देशबाट स–साना दलहरुलाई समाप्त गर्नु रहेको उनले बताए । अध्यक्ष राउतले भने, ‘ एमाले–कांग्रेस ठूलो दल हो, यी दुवै दल एकमत छन्, दुवै दल मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा कँही पनि अभ्यासमा छैन ।

ठूला दलहरुमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी नै छ । तर हाम्रो मुलुकमा उल्टो भयो ।’ सरकार र सदनबाट विश्वास नरहेको जनाउँदै अबको अन्तिम बाटो भनेको सडक आन्दोलन नै रहेको उनको भनाइ छ । संघीयतालाई ‘पर्फेक्ट’ बनाउँन संघीय सरकारले अझ प्रदेशहरुलाई अधिकार दिनबाट बञ्चित गरिरहेको उनले आरोप लगाए । प्रतिनिधिसभा सदस्य राउतले भने, ‘उहिले पुर्खाहरुले आँपको बोट रोपेका थिए, जसबाट अहिले हामी आँप खान पाइरहेका छौँ ।

त्यस्तै हामीले पनि आफ्नो बच्चाहरुको लागि थप अधिकार प्राप्तिका लागि आज आन्दोलन गर्नुपर्छ । अनि मात्र उनीहरु आउने दिनमा मिठो फल खान पाउँछन् ।’ सो कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा, लोसपालगायतका दल परित्याग गरी दर्जनौँ कार्यकर्ताहरु प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News