अपडेट 
२०८१ श्रावण ३१, बिहीबार ०८:०४

पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।

करार कर्मचारीको म्याद थपबारेमा बहुमत जनप्रतिनिधि तथा स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । सो कार्यलयामा तालाबन्दी भएपछि गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज नै ठप्प भएको छ । करारमा रहेका स्वास्थ्यका कर्मचारीमध्ये राजनीतिक आस्थाको आधारमा आठजनाको म्याद नथपेको भन्दै उनीहरु विगत १० दिन देखि पालिकाको मुल गेटमा अगाडि धर्ना दिँदै आएका छन् । सो कार्यालयमा गाउँपालिकाका अध्यक्ष र कर्मचारी आउन छोडेपछि समस्या समाधानका लागि दबाब दिन नेपाली कांग्रेस, नेकपा एमाले र जनप्रतिनिधिसहितकाहरुले समेत धर्नामा बस्दै आएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष राजमती देवी, वडा अध्यक्ष सोनालाल चौरसिया, संजय कुमारपटेल र संजय कुमार साह लगायत बहुसंख्यक गाउँसभा सदस्यहरुले समेत तालबन्दी गरेका थिए । अविलम्ब पालिकामा पुगेर समस्या समाधान नगरिए पालिकाका स्थानीयवासीले गाउँपालिकाको अध्यक्षको घर घेर्ने चेतावनी दिँदै विरोध कार्यक्रम गर्ने जनप्रतिनिधिहरुले बताएका छन् ।

जनप्रतिनिधि अजय कुमार पटेल, नेकपा एमालेका पवन तिवारी समाज सेवी अरमान खाँ, नेपाल सि.एम.ए. संघका जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद साह लगायतले तालबन्दीको चेतावनी दिएका छन् । उनीहरुले अध्यक्ष भागेर वीरगञ्जमा समस्याको समाधान खोज्नुभन्दा पालिकामै आएर समस्या समाधान गर्न जोड दिएका छन् । विगत नौ वर्ष देखि कार्यरत स्वास्थ्यका कर्मचारीलाई माघ महिनामा म्याद नथप्ने निर्णय गरेर उनीहरुको ठाउँमा अध्यक्षले आफ्ना मान्छेहरुलाई गलत तरिकाले प्रक्रिया पु¥याएर नियुक्ती गर्ने गरेको निर्णय बाहिर आएपछि हटाइएका करार कर्मचारीहरु आन्दोलित भएका छन् ।

म्याद नथपिएका कर्मचारीमा अधिकांश प्राविधिक कर्मचारी रहेको र उनीहरुको कार्य सम्पादन मुल्यांकनमा ८०% भन्दा बढी नम्बर रहेको छ । उनीहरु स–सर्त अनुदानको बजेटबाट तलब लिँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News