२०८१ श्रावण ३१, बिहीबार ०८:४९

मुख्यमन्त्री सतीशकुमार सिंहले ‘हाम्रो माया घर’ को शिलान्यास गरेका छन् ।

बर्दिबासमा बुधबार मुख्यमन्त्री सिंहले शिलान्यास गर्दै माया को घरको लागि ठुलै सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले माया घर बनाउनमा आफ्नो पूर्ण साथ र समर्थनसमेत रहने दृढता व्यक्त गरे । हिरालाल गौतमको संयोजकत्वमा रहेको शिवपुराण महायज्ञ मुल समिति भंग भएको जनाउँदै हाम्रो मायाको घरको अध्यक्ष कृष्ण प्रसाद गौतमलाई शिवपुराण महायज्ञको संकलित रकम दुई करोड चालीस हजार एक सय छयासी रुपैयाँ हस्तान्तरण गरेका थिए । हस्तान्तरण गर्दै विघटित समितिका संयोजक हिरा गौतमले हाम्रो माया घरको अध्यक्षलाई सहयोग गरिरहने बताए ।

Comment


Related News