अपडेट 
२०८१ श्रावण ३१, बिहीबार १०:४४

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स (एमपक्स)लाई लिएर विश्वव्यापी स्वास्थ्य संकटको घोषणा गरेको छ । अफ्रिकाका केही भागहरूमा मंकीपक्स प्रकोप फैलिएपछि डब्लूएचओले स्वास्थ्य संकटको घोषणा गरेको हो ।

अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले उल्लेख गरेको छ । वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ज्यादै चिन्ताको विषय भएको बताए । ‘यो प्रकोपलाई रोक्न र जीवन रक्षा गर्नका लागि एउटा समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया अत्यावश्यक छ,’ उनले भने ।

Comment


Related News

Latest News

Trending News