अपडेट 
२०८१ श्रावण ३२, शुक्रबार १४:३३

जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन समिति गठन गरेको हो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

समितिको सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यहरू राजकुमार राई, जयराम यादव, डा के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोशी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन् ।

केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरिएको बस्नेतले बताए ।

Comment


Related News

Latest News

Trending News