अपडेट 
२०८१ भाद्र ३, सोमबार ०८:३४

धनुषामा विभिन्न ठाउँमा शहीद रामवृक्ष यादवको ३० औँ स्मृति दिवस मनाइएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल धनुषाले जनकपुरधामको जनक चोकमा शहीद रामवृक्ष यादवको स्मृति दिवस मनाएको छ भने नेकपा माओवादी केन्द्र धनुषाले पनि स्मृति दिवस मनाएको छ ।

जनकपुरधामको जनक चोकमा भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य कृष्णदेव सिंह दनुवारले लामो समयसम्म सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदको नाम भजाएको आरोप लगाएका छन् जनकपुरधाममा आइतबार शहीद रामवृक्ष यादवको ३० औँ स्मृति दिवस कार्यक्रममा बोल्दै नेता दनुवारले सत्तामा टिक्नकै लागि शहीदको बाटो र शहीदको सपनालाई समत कुल्चेर परिवारवादमा रमाएको उनले प्रचण्डमाथि आरोपसमेत लगाए ।

सत्ताको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री प्रचण्डले शहीदलाई न्यायसमेत दिन नसकेको भन्दै नेता दनुवारले दश वर्षे जनयुद्धले भएको परिवर्तनको अनुभुति जनतालाई पनि गराउन नसकेको र जनयुद्धबाट प्राप्त उपलब्धीलाई समेत रक्षा गर्नबाट चुकेको आरोप लगाए । क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल केन्द्रीय सदस्य शीतल कर्णले मुलुकको प्रधानमन्त्रीको कुर्सीमा जो सुकै बसे पनि देशलाई तस्करहरुले नै चलाएको दाबी गरे । उनले मुलुकमा भइरहेको महँगी, घुसखोरी, कालोबजारी, तस्करी, शिक्षा र स्वास्थ्य क्षेत्र समेत तस्करहरुको जालोले नै चलाएको आरोप लगाए ।

धनुषाका पार्टी संयोजकसमेत रहेका केन्द्रीय सदस्य कर्णले सरकारको नियन्त्रणमा कालोबजारी, तस्करी, माफियाहरु नरहेको भन्दै उनले भने, ‘सरकारलाई नै तस्करी, कालोबजारी र माफियाहरुले संचालन गरिरहेको छ ।’ त्यस्तै केन्द्रीय सदस्य महेश यादवले शहीद रामवृक्षको चर्चा गर्दै उनको हत्याराको पहिचान गरी कारबाही गर्न सरकारसंग माग गरे । वामपन्थी नेता रोशन जनकपुरीले जनयुद्धको थालनीको क्रममै कांग्रेसको योजनामा रामवृक्ष यादवको हत्या भए पनि अहिलेसम्म पनि हत्यारालाई खोजतलास गरी कारबाही नहुनु दुःखद रहेको बताए । उनले प्रचण्डले पटक पटक सरकारको नेतृत्व गरे पनि शहिदको स्मरण गरे पनि न्यायका लागि मुलुक परिवर्तन भएको अनुभुति जनतालाई गराउनका लागि पहलकदमी लिन नसक्नु दुःखद रहेको बताए ।

यता माओवादी केन्द्रले धनुषाको बरमझियामा भव्य कार्यक्रम गरी शहीद रामवृक्ष यादवको स्मृति दिवस मनाएको छ ।

Comment


Related News

Latest News

Trending News