अपडेट 
२०८१ भाद्र ५, बुधबार ०९:१३

सप्तरीमा एक विद्यालयमा रमिते हुने गरेको पाइएको छ । कक्षा कोठामै शिक्षक मस्तराम निन्द्रामा हुँदा विद्यार्थी भने खेल्ने गरेको पाइएको छ ।

बालबालिकालाई खेल्न पठाइ उनीहरुकै कक्षाकोठामा सुतिरहेको अवस्थामा सप्तरीका एक विद्यालयका शिक्षकदेखि कार्यालय सहयोगीसम्म सुत्ने गरेको पाइएको छ । जिल्लाको विष्णपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवको नेतृत्वमा मंगलबार बिहान ११ः३० बजेतिर वडा १ स्थित जनता आधारभूत विद्यालय सिम्राहा सिग्यौनमा अनुगमनमा पुग्दा शिक्षक लालबहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव निदाएको अवस्थामा भेटिएका हुन् ।

उक्त कक्षाकोठामा विद्यार्थीहरुकै पुस्तकलाई सिरानी हालेर ती शिक्षक र कार्यालय सहयोगी मस्त सुतिरहेको अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष यादवले बताए । शिक्षा संयोजक रामेन्द्र यादव, वडाअध्यक्ष बलराम यादव सहित पुगेको टोलीले उनीहरुलाई यस्तो अवस्थामा देखेपछि उठाएर सचेत गराउँदै बुधवार लिखित स्पष्टीकरण सोध्ने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए ।

अनुगमनमा जादा अन्य कक्षामा पढाई भइरहेपनि सो कक्षामा पढने बालबालिका भने बाहिर खेली रहेको र भित्र शिक्षक र कार्यालय सहयोगी यसरी सुतिरहेको पाइएको बताउँदै अध्यक्ष यादवले पालिका भित्रका सम्पूर्ण विद्यालयमा शैक्षिक स्तर सुधारका लागि अनुगमन थालिएको र यसलाई निरन्तरता दिइने जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News