अपडेट 
२०८१ भाद्र ७, शुक्रबार ०८:००

रोम जलि रहँदा त्यहाँ राजा निरो बासुरी बजाइरहेको घटना वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चरितार्थ गरेका छन् ।

मधेश प्रदेशको एक मात्र महानगरपालिकाको रुपमा रहेको वीरगञ्ज महानगरपालिका भ्रष्ट्राचार र अनिमिततामा दिन प्रतिदिन डुब्दै गएको छ । ट्रैक्टर खरिद, विद्यालयमा पंखा वितरणलगायत विभिन्न अनियमिततासहितको काण्ड उजागर भइरहेको बेला मेयर सिंहको गोप्यरुपमा सिंगापुर भ्रमण रहेको चर्चा चुलिएको छ ।

महानगरपालिकाको लेखा प्रमुखलाई परिवर्तन नगरेसम्म खाता संचालनमा नल्याउनु मेयर राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई बीचको विवाद उत्कर्षमा पुगेको छ ।

यता दरबन्दी मिलानको बहानामा गरिएको शिक्षकहरुको सरुवा र उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकबीचको आर्थिक अनिमितताकाका घटनाहरु पनि चुलिँदै गएका छन् । टाइप थ्री डाइवेटिजमा ग्रसित मेयर सिंह चिकित्सक एकाएक सिंगापुर प्रस्थान गरेपछि महानगरपालिकाको अतिआवश्यक कामलगायतका सम्पूर्ण कारोबार बन्द भएपछि दुई दिनदेखि महानगरको कामकारबाही लथालिंग छ ।

मेयर सिंहको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उपचारको लागि मंगलबार सिंगापुर उडेको अड्कलबाजी वडाअध्यक्षहरुबीच हुने गरेको छ । महानगपालिकाको खाता नै बन्द रहेको बेला मेयर एकाएक भ्रमणमा रहनु आफैमा सोचनीय कुरा भएको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष सन्जु छतकुलिले प्रतिक्रिया दिए ।

यता नागरिक किर्ते काण्ड, माइस्थान मन्दिरको सौन्दर्यकरणमा भएको भ्रष्टाचारमा अख्तियारले गरिरहेको अनुसन्धान, शिक्षकहरुको आन्दोलनलगायतको समस्या खेप्न नसकेर मेयर एकाएक सिंगापुर कुलेलाम ठोकेको केही वडा अध्यक्षहरु बताउँछन् । वीरगञ्ज महानगरपालिकाका मेयर सिंहको सिंगापुर भ्रमणलाई लिएर विभिन्न संचारमाध्यममा आएका समाचारप्रति उनको सचिवालयले आपत्ति जनाएको छ ।

प्रमुख सिंहको व्यक्तिगत भ्रमणमा जानु भएकाले यो भ्रमणको पालिकासंग कुनै सरोकार नरहेको पनि विज्ञप्तिद्वारा सचिवालयले स्पष्ट पारेको छ । अर्कोतर्फ वडाहरुको खाता संचालनमा भइरहेको समस्यालाई छल्न र तनावबाट केही दिनको लागि भए पनि मुक्त हुन आफ्ना चिकित्सक साथीको सल्लाह अनुसार उनीसंगै सिंगापुर उडेको बताइएको छ ।

यता महानगपालिकाले कम्प्युटर अपरेटरको पारिश्रमिक समयमा नदिएको कारण वडा नं. १५को सवै अतिआवश्यकिय सेवाहरु ठप्प भएको छ । वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरको पारिश्रमिक विगत केही महिनादेखि उपलब्ध नगराइएको कारण सेवाहरु प्रभावित भएको जनाएको छ ।

कार्यवाहक वडा अध्यक्ष दीपेन्द्र कुमार सोनारले सूचना जारी गरी वडाको सबै काम ठप्प भएको जानकारी दिएका छन् । वीरगञ्ज महानगरपालिकाले समयमा पारिश्रमिक उपलब्ध नगराउँदा, अनलाइन रसिद काट्नेलगायत कम्प्युटर टाइप सम्बन्धी काम ठप्प भएको कार्यवाहक वडा अध्यक्ष सोनारले जनाएका छन् । कार्यलयको सेवा अवरुद्ध हुन गएपछि यसबाट सर्वसाधारणले पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दै, अर्को वैकल्पिक व्यवस्था नभएसम्म वडा समिति कार्यालय बन्द रहने जानकारी दिइएको छ ।

कार्यवाहक वडा अध्यक्ष सोनारलेले जारी गरेको सूचनामा भनिएको छ, यस असुविधाका सम्बन्धमा गुनासो छ भने मेयर राजेशमान सिंह वा प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई समक्ष सम्पर्क गर्न अनुरोध गरिन्छ । कर्मचारीले तलब नपाए पनि मेयर सिह सिंगापुरमा घुमिरहेको गएको रिल समाजिक संजालमा जारी गरेपछि व्यापक स्थानिय नगरवासीबाट तथानाम गर्न थालिएको छ ।

Comment


Related News