अपडेट 
२०८१ भाद्र ७, शुक्रबार १८:०४

तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् ।

घाइतेमध्ये १२ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा अड्किएको छ ।

प्रहरीका अनुसार गोरखपुरबाट नेपाल आएको बसले गएको मङ्गलवार बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाण्डाैतर्फ गुड्दै गर्दा सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो

Comment


Related News

Latest News

Trending News