अपडेट 
२०८१ भाद्र १०, सोमबार १८:५९

पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का विवश सापकोटा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए। टाटा सुमोको ठक्करबाट गम्भीर घाईते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिए ।

टाटा सुमोलाई इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले नियन्त्रणमा लिएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना तीव्र गतिको कारण भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।

Comment


Related News

Latest News

Trending News