अपडेट 
२०८१ भाद्र १४, शुक्रबार ०७:१२

रौतहटको ईशनाथ र राजपुर नगरपालिकाबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमो एक जना भारतीयसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपित चारै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मोटरसाइकल चोरी गरेको आरोपमा भारतको बिहार मो तिहारी भायाग्राम पञ्चायत १० का २२ वर्षीय कामेश्वर महतो लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महतोले ईशनाथ नगरपालिका–२ का संजय साहको घरबाट बीआर ०५ बीडी ९६५४ नम्बरको मोटरसाइकल चोरी गरी भारततर्फ लैजाँदै गरेका अवस्थामा पक्राउ परेका छन् ।

प्रहरीले महतो लाई चोरी सम्बन्धी कसुरमा मुद्दा चलाइ अनुसन्धान थालेको छ । त्यस्तै राजपुर नगरपालिकाबाट साइकल चोरी गरेको आरोपमा स्थानीय बिगन सहनी, सुभाष साह र प्रमोद सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जनाए ।

उनीहरुले राजपुर नगरपालिका–९ बैरियास्थित शेखमोर सलिमको घरको कम्पाउण्डबाट दुई वटा साइकल चोरेर लगेको जनाइएको छ । आरो पित तीनैजना मिलेर साइकल चोरेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरिक्षक गुप्ताले बताए ।

Comment


Related News

Latest News

Trending News