२०८१ भाद्र १६, आईतवार १६:२०

नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गरेको छ।

क्यानडामा हुने विश्वकप लिग-२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

श्रीलंकामा रहँदा नेपाली टोलीले श्रीलंका डेभलभमेन्ट टिमसँग ३ ओटा एकदिवसीय अभ्यास खेल खेल्नेछ। नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने क्यानले जनाएको हो।

श्रीलंका भ्रमणका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १९ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

सन्दीप लामिछानेसहित केही खेलाडी भोलिमात्र क्यानडा जाने भएका छन्। भिसा प्रक्रियामा रहेकाले लामिछानेसहित केही खेलाडी टोलीसँगै जान नपाएका हुन्।

Comment

Related News

Latest News

Trending News