२०८१ भाद्र १८, मंगलवार १७:०५

प्रतिनिधि सभाले गठन गरेको सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप गर्ने निर्णय भएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समितिका सभापति सूर्य थापाले समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी प्रस्ताव राखेका थिए।

सभामुख देवराज घिमिरेका अनुसार समितिको कार्यअवधि १५ दिन थप गर्ने सर्वसम्मति निर्णय भएको छ।

रास्वपा सभापतिसमेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत दुरूपयोगमा जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेअनुसार समिति बनेको थियो।

गत जेठ १५ गते प्रतिनिधि सभाले नेकपा (एमाले) का सांसद थापाको सभापतित्वमा उक्त समिति गठन गरेको थियो। समितिलाई तीन महिने कार्यअवधि तोकिएको थियो।

यो समितिले लामिछानेसँग पनि बयान लिइसकेको छ।

Comment

Related News

Latest News

Trending News