२०८१ भाद्र २४, सोमबार ०८:४९

सरकारले अब सरकारी कार्यालयहरुमा खाजा खाने समय घटाएको छ ।

खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा झारिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

अबदेखि सरकारी कार्यालयमा खाजा खाने समय १ः३० बजेदेखि २ बजेसम्म हुने उनले उल्लेख गरेका छन् ।

त्यस्तै, उनले खाजा खाने क्रममा नियम उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न पनि आग्रह गरेका छन् ।

‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन’, उनले लेखेका छन्, ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।

Comment

Related News

Latest News

Trending News