अपडेट 
२०८१ आश्विन १२, शनिबार ०८:३९

लगातारको वर्षाको कारण देशैभरका विमास्थलबाट हुने आन्तरिक उडान स्थगित गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण हिजो बेलुकीदेखि आज बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको हो । तर आज पनि निरन्तर झरी पर्ने र मौसम नखुल्ने भएकाले आजको उडान पनि नहुने भएको छ ।

लगातारको वर्षाका कारण हिजो आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ धेरै विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामो समय होल्ड भएर अवतरण गरेका थिए ।

हिजोका लागि तय भएका एकसय ५० वटा आन्तरिक उडानमध्ये ३९ वटा मात्र उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News