२०८१ आश्विन २०, आईतवार ०७:५१

बर्दिबासमा घरेलु कार्यालय स्थापना गर्नका लागि मुख्यमन्त्री सतीश सिंहलाई बर्दीबासमा ज्ञापनपत्र बुझाएको छ ।

घरेलु कार्यालय स्थापना सेवा उपलब्ध गराउन माग गर्दै महोत्तरी चेम्बर अफ कमर्सले मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको छ । महोत्तरी चेम्बर अफ कमर्सको तर्फबाट सुधीर अग्रवालले ज्ञापन पत्र बुझाउँदै बर्दीबासमा घरेलु कार्यालय सञ्चालन गर्न माग गरिएको छ । बर्दिबासका करिब ६ हजार घरेलु व्यवसायीहरूले सेवा लिन ४० किलोमिटर टाढा जानुपर्ने बाध्यता रहेकोले महोत्तरी चेम्बर अफ कमर्सको भवनमा घरेलु कार्यालय स्थापना गरी हप्तामा एक दिन भएपनि सेवा उपलब्ध गराउन माग गरिएको अग्रवालले बताए ।

महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा घरेलु कार्यालय स्थापनाको अनुरोध गरेपछि मुख्यमन्त्री सिंहले सकारात्मक प्रतिवद्धता जनाएको अग्रवालले बताए ।

Comment

Related News

Latest News

Trending News