अपडेट 
२०८१ आश्विन २१, सोमबार ०८:०४

बाढीपहिरो र डुबान तथा चाडपर्वका बीचमा एक्कासी तरकारीको मूल्य आकासिएको छ ।

दशैँको पूर्वसन्ध्याबाट आकासिएको तरकारीको मूल्य अझै उकालो लाग्नाले चाडपर्वका बीचमा उपभोक्ता मारमा परेका छन् । जनकपुरधामलगायतका जिल्लाका बजारमा अहिले फुलकोबी १ सय ८० रुपैयाँ, गोलभेडा १ सय ६० रुपैयाँ, प्याज १ सय १० रुपैयाँ, भान्टा १ सय रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ ।

त्यस्तै करेला १ सय २०, रायो साग सय ३०, भिन्डी १ सय, परबल १ सयभन्दा बढी र लसुन ४ सय रुपैयाँ किलोका दरले विक्री भइरहेको छ । त्यस्तै आलु ६० रुपैयाँ, फर्सी ८० रुपैयाँसम्म र घिरौला प्रतिकिलो ८० रुपैयाँका दरले विक्री भइरहेको व्यवसायीहरुले बताएका छन् । ‘तरकारीको मूल्य आकासिएसँगै विक्रेताले एक किलोको नभइ एक पाउको मूल्य खरिदकर्तालाई तरकारी व्यापारीले बताउने गरेका छन् । जिल्लामा सिमावर्ती भारतीय बजारका अतिरिक्त बेंगाडाबर, ढल्केवर, मिर्चैया, हेटौँडा, गोबजार, सुनसरी र धनकुटालगायत, भारतको सीमावर्ती क्षेत्र उमगाव, मधुवनी, जयनगरलगायतका स्थानबाट हरियो तरकारीहरु ल्याइने गरेको छ ।

सोही तरकारीले उपभोक्ताको माग धान्ने गरेको छ । तरकारी ल्याउने बजारमै महँगो पाइने र ढुवानी खर्च महँगिएकाले बजारमा तरकारीको मूल्य आकासिएको व्यापारीहरु बताउँछन् ।

Comment


Related News