अपडेट 
२०८१ आश्विन २२, मंगलवार ०९:३६

यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने बताएको हो।

विभागको ऋतुगत आकलनअनुसार यस वर्षको हिउँद याम (असोज १५देखि पुस १६गतेसम्मको अवधि) मा वर्षा पनि बढी हुने प्रक्षेपण गरेको छ।

विभागले जनाएअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण—पूर्वी भू—भाग, लुम्बिनी प्रदेशका पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकोब छ।

त्यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ।

बाँकी भू—भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ।

अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाको अवधिलाई पोस्ट मनसुन पनि भनिन्छ। यो अवधिमामा नेपालमा नेपालमा सरदर ७४.३ मिलिलिटर वर्षा हुने गर्छ।

गत वर्ष पनि पोस्ट मनसुनमा बढी पानी परेको थियो। गत वर्ष ७५.३ मिलिमिटर पानी परेको विभागले बताएको छ।

यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतसम्म रहेको प्रक्षेपण गरिएको थियो।

जसअनुसार जेठ १८देखि असोज १४ गतेसम्मको अवधिमा १७ सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भनेको सरदरभन्दा १६ प्रतिशतले बढी हो।

यस वर्ष पुस १६ गतेसम्म कोशी प्रदेशको उत्तरी भू—भाग, मधेस प्रदेशको पश्चिमी पश्चिमी भू—भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

कोशी प्रदेशको दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, बागमती प्रदेशको उत्तर—पश्चिम भू—भाग र गण्डकी प्रदेशको दक्षिण—पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ।

यस्तै बागमती प्रदेशको मध्य तथा दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू—भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू—भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू—भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

rain-1728351305.png
कोशी प्रदेशका मध्य भू—भाग, मधेस प्रदेशका पूर्वी भू—भाग र बागमती प्रदेशका उत्तरी भू—भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र बाँकी भू—भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

nyunatam-1728351365.pngविभिन्न सामुद्रिक, वायुमण्डलीय, भूमण्डली, हिममण्डलीय र जैविकीय प्रणालीका आधारमा ऋतुगत जलवायु आकलन गर्ने गरिन्छ।

विभागले यस आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलनलाई आधार मानेको बताएको छ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा प्रक्षेपण गरिएको विभागले बताएको छ।

प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीले नेपालको जलवायुमा प्रभाव पार्छन्।

हाल प्रशान्त महासागरमा एन्सोको तथस्ट अवस्था रहेको छ। डिसेम्बर सम्ममा लानिनाको अवस्था देखापर्ने सम्भावना छ। लानिना देखा पर्दा नेपालमा बढी पानी पर्ने सम्भावना रहेको छ।

यसका अतिरिक्त हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तथस्ट रहेको र आगामी डिसेम्बर सम्म तथस्ट नै रहने आकलन गरिएको छ।

‘तथापि ऋतु परिवर्तन हुने समयमा विद्यमान जलवायु प्रारुपहरूले यस्ता प्रणालीको शतप्रतिशत रूपमा पूर्वानुमान गर्न नसक्ने तथ्य मनन गर्नुपर्ने देखिन्छ,’ विभागले भनेको छ।

Comment


Related News