अपडेट 
२०८१ आश्विन २३, बुधबार ०८:४०

बडादशैँमा देवी दुर्गा मातालाई बोकाको बली चढाउनका लागि भक्तजनहरूसंग मनोमानी मूल्यमा बोका खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

सिरहाको लहानमा शुक्रबार र सोमबार लाग्ने हाट बजारमा यस वर्ष पनि मनोमानी मूल्य तिर्नुपरेको लहान–१ को गंगा प्रसाद यादवले गुनासो गरे । उनले सोमबार अन्तिम हटिया परेकोले पाँच हजार मूल्य हुनुपर्ने बोका सात हजारमा, सात हजार पर्ने दस हजारमा र दस हजार रुपैयाँ मूल्य हुनुपर्ने बोकाको मूल्य १५ हजार रुपैयाँमा खरिद गर्नु परेको बताए ।

यसरी ठगिनुको कारण बोकाको मूल्य निर्धारण नहुँदा उनले बताए । लहानमा खसी बोका विक्री हुने बाख्रा बजारमा कहिले पनि मूल्य सूची नहुँदा मनोमानी रुपमा असुली गर्दै आइरहेको छ । सोमबार खसीबोकाको मूल्य मनोमानी भएको बताउँदै खरिद विक्री गर्दा दुई सयको रसिद दिएर २ सय ५० रुपैयाँको दरले लिने अर्को समस्या रहेको बताए ।

लहान नगरपालिकाले खसीबोका खरिद विक्री हुने बाख्रा बजारको व्यवस्थापनमा लहान नगरपालिका पशु शाखाका प्रमुख रहँदा कयौँ पटक मूल्य निर्धारणको र पशु वधशालाको उचित व्यवस्थापनको लागि अथक प्रयास गरेपनि सफल हुन नसककेको पशु शाखाका पूर्व प्रमुख रामकृष्ण यादवले भन्दै मूल्य निर्धारण नहुँदा अरू समयभनदा दसैँको बेला उपभोक्ता भजजनहरु ठगिँदै आइरहेको छ । उनले भने, ‘बजार समिति पशुशाखा र सम्बनिधत वडा मिलेर मूल्य निर्धारणको आधार कति तौलको खसी बोका हो तौलेर निर्धारण गर्नुपर्छ ।’ मूल्य निर्धारण नहुनु रसिद काटेको भन्दा बढी रकम खुललेआम लिइरहँदा लहान नगरपालिकाले केही नगर्नुमा नगरपालिका चुनाव जितेका सत्ताधारी दलले आफ्नो नजिकको नेता कार्यकर्ताहरूलाई सहुलियत दिनका लागि मनोमानी हुँदै आएको लहान–९ का पूर्व वडाध्यक्ष प्रदीप कुमार चौधरीले प्रस्ट्याए ।

लहान नगरपालिका क्षेत्रभित्र होटेल र विभिन्न सप्लायर्सहरुमा छापा मार्ने अनुगमन समितिले खसीबोका विक्री हुने बाख्रा बजारमा कुनै अनुगमन किन नगरेको भन्ने अह्म प्रश्न उठिरहेको लहान–५ का पूर्व वडाअध्यक्ष सुलेमान अनसारीले बताए ।

Comment


Related News