२०८१ आश्विन २३, बुधबार १२:२८

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेको उपसचिव अर्चना खड्का अधिकारीले जानकारी दिइन्।

संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो।  पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

Comment

Related News

Latest News

Trending News