२०८१ आश्विन २६, शनिबार ०७:४१

जनमत पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालले पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमत पार्टी राजनीति समितिका सदस्य करिमा बेगम लगायत थुप्रै नेता पार्टी प्रवेश गरेका हुन् ।

करिमा बेगमका साथै जनमत पार्टीका राजनीतिक समिति सदस्य शशि कपुर मियाँ, केन्द्रीय सदस्यहरू सब्बो खातुन, विजय यादव, सुधीरनाथ पाण्डे, प्रदेश समिति सदस्य शानि दिवेदी, राजकुमार ठाकुर, विजय राम पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।

त्यस्तै जनमत पार्टी निकट मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष औरन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष परबेज अख्तर, प्रमोद यादव, जिल्ला समिति सदस्य मजिद देवान, जितेन्द्र चौरसिया, सायद अलि, जयकुमार मिश्रा, अजिम मियाँ हावारी, संजय साह, इमराना खातुन, रेयाज मियाँ, बिरगंज महानगर उपाध्यक्ष संगिता तिवारी, महानगर सचिव राजेश यादव, पटेर्वा सुगौली गापा अध्यक्ष रेयाज अहमद लगायतका नेता कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका छन् ।

Comment

Related News

Latest News

Trending News