अपडेट 
२०८१ कार्तिक १, बिहीबार ०६:५७

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर नियुक्तिका लागि भइरहेको दौडादौडमा डा.रामनरेश पण्डित अब्बल देखिएका छन् ।

अध्यापनको लामो अनुभवी रहेका डा.पण्डित प्रोफेसर भइसकेका छन् । प्रादेशिक अस्पतालको डाइरेक्टर रहिसकेका डा.पण्डित गाइनोमा विशेषज्ञ छन् । प्रतिष्ठानका रेक्टर डा.अंकुर साह उपकुलपति नियुक्त भएदेखि नै सो पद रिक्त रहेको छ । प्रतिष्ठानले चालु शैक्षिक सत्रका लागि एमबीबीएसका लागि ५० सिट पाएको छ ।

प्रतिष्ठानले मेडिकल कलेज सञ्चालनमा ल्याएसँगै रेक्टर र डीनको नियुक्ति गर्न लागेको छ । रेक्टरको दौडमा रहेकाहरु मध्ये डा.पण्डित स्वच्छ छविका पेशाप्रति निष्ठावान मानिन्छ । रेक्टरका लागि चाहिने आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेका डा.पण्डितलाई अब्बल मानिएको छ । प्रतिष्ठानको उपकुलपति डा.अंकुर साह र रजिष्ट्रारमा प्राध्यापक डा.विनोद कुमार यादव रहेका छन् ।

प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालको डाइरेक्टरमा डा.जामुन प्रसाद सिंह रहेका छन् । उनी वरिष्ठ बालरोग विशेषज्ञ हुन् । प्रतिष्ठानले विज्ञ सेवा मुजेलियास्थित अस्पतालबाट र प्रादेशिक अस्पतालबाट जेनरल सेवा उपलब्ध गराउँदै आएको छ । मधेश प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल जनरल सर्जरी, गाइनो र इन्टरनल मेडिसिनमा स्नात्तकोत्तरको अध्यापन गराइरहेको छ ।

योग्यता पुगेका दक्ष, अनुभवीलाई मात्र नियुक्ति गरिने प्रदेश सरकारले जनाएको छ । सरकारले मधेशको गौरवको योजनामा राखेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गर्दै आएको छ । रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दवाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाब दिन थालिएको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News