२०८१ कार्तिक १, बिहीबार १२:२५

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम बुधबार असोज ३० गते सम्मको हो।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ।

असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले रकम प्रदान गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाली संगठनले ५१ लाख रुपैयाँ तथा राष्ट्रिय समाचार समिति तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन्।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।

Comment

Related News

Latest News

Trending News