अपडेट 
२०७६ चैत्र १९, बुधबार २१:४९

प्रदेश २; का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले लकडाउनका कारण संकटमा परेका गरीब विपन्न परिवारलाई खाना खुवाउने कार्य अगाडि बढाउन अपिल गरेका छन्।

मन्त्री यादवले एक सन्देश जारी गरेर गरीब, मजदुर र किसानले भोकै रहन नपर्ने गरी यथाशीघ्र काम अगाडि बढाउन स्थानीय तहका प्रमुख, उपप्रमुख, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूसँग अपिल गरेका हुन्। उनले मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा रकम पठाइसकेको समेत स्पष्ट पारेका छन्।

सोमबार सरकारले लकडाउनका कारण संकटमा परेका गरीब, किसान र मजदुरलाई निःशुल्क खाना खुवाउने निर्णय गरेको थियो। सरकारले महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरलाई १५ लाख र गाउँपालिकालाई १० लाखका दरले खाना खुवाउन रकम पठाउने निर्णय गरेको थियो।

सरकारले स्थानीय तहमा पठाउने भनिएको रकम खर्च गर्ने कार्यविधि समेत पारित गरिसकेको मन्त्री यादवले बताएका छन्। उनले कार्यविधिअनुसार रकम खर्च गर्न भनेका छन्। लकडाउनको अवधि बढेको खण्डमा पुनः दोस्रो चरणको राहत योजना दिइने भन्दै मन्त्री यादवले भने, ‘रकमकै अभावमा यो प्रदेशका कुनै नागरिक भौकै बस्न नपरोस्।’प्रकाशित: Apr 01, 2020 | 21:41:28


नेपालन्युज

Comment


Related News

Latest News

Trending News