अपडेट 
२०८१ कार्तिक २, शुक्रबार १४:५९

क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।

Comment


Related News

Latest News

Trending News