
मुकेश यादव
लहान,मंसिर ११ गते। प्रदेश नम्बर २ सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका अध्यक्ष रामबलव साह र प्रशासकिय अधिकृत रविन्द्र कुमार महतको मिलोमतोमा करोडोको भ्रस्टाचार भएको यसै गाउँपालिका नेपालि काग्रेस पाटीको संघर्ष समितिको संयोजक चतुरा नन्द ठाकुर आरोप लगाएको छ ।
पतारी पोखरीको मरमत संम्भार घाट निर्मान गर्न १ करोड निकासा गरेपनि ३० लाखको मात्र गरेको छ।गाउँपालिका भवन बनाउन २१ लाख निकासा गरेको छन जसमा कमसाल गुनस्तर हिन समान प्रयोग गरी ५ लाखको पनि कामगरेको छैन।दुर्गा मन्दिर मरमत र मुर्ति राखन १७ लाख ५० हजार वजेट निकासि गरेको तर १ लाखको पनि कामगरेको छैन । धमनि मन्दीरको लागि १करोड निकास गरेको छ तर त्यस्तो धर्म जस्तो काममा पनि कमससल,गुनस्तर हिन समान प्रयोग गरेपनि वजेट हिनाभिना गरेको छन ।

विकासको नाममा ४० करोड निकासी गरेको तर १० करोडको पनि विकासका काम गरेको छैन त्यसमा पनि उपभोक्ता समितिमा आसेपासे र आफ्नो भाई,भतिजो लाई राखेको संर्घष समितिको संयोजकले आरोप लगाएको छ । वडा नम्बर २को अध्यक्ष विद्यान्द साह सुडि भने नेपालि नागरीकको सुचना मागने अधिकार नेपालको संविधान रहेपनि गाउँपालिका अध्यक्ष कहाँ सुचना मग गर्दा अनाकानि गरेको छ ।
त्यति मात्र हैन हाम्रो वडा कार्यालयको तल्लो तलमा स्वस्थ्य चौकी छ त्यहाँ विरामिहरुलाई सिटामोल वाहेक केहि पाएको छैन सवै जनता मलाई भन्छ यहि हे स्थानिय सरकारको काम तर गापाले टेन्डर प्रकृया त औषधि कीन्यो तर औषधि कहाँ हरायो थहा छैन ।कृषिमा पनि समयमा किसानले विउविजन पाउदैन ,वउविजन किन्दा दोव्वरको विल पास गरेको अध्यक्ष सुडिले आरोप लगाएको छ ।वडा नम्वर ५ को अध्यक्ष देव कुमार यदवले भने यस गाउँपालकाले वहुमतको दम्मा तनासाहि तरीका वाट हामि संग पेस हुन्छ ।
मैले भ्रष्टाचारको विरोध गर्दा वोड वैठकमा म गएपछि मलाई निकालि हाले उहले भने संसद लाई त निकालिनछन अध्यक्ष लाई निकाले पछि के हुन्छ ।उनले तापे जेक्ष्ठ २५ गते गाउँ साभा हुदा ६ औटे वडामा १ करोड १३ लाख ५० हजार विनियोजन गरेको थिए तर अहिले १० लाख देखि १२ मात्र पठाएको छन ।लक्ष्मिपुर पतारी गाउँपालिका नेपालि काग्रेसको संर्घष समितिको सचिव शरण देव यादवले भने हाम्रो गाउपालिका अहिले सम्म ठोस विकासको काम भएको छैन,कृषि विधुति करनमा अहिले सम्म गरेको छैन ,जेष्ठ नगरीकले भत्ता पाएको छैन।
स्वस्थ्य चौकीमा औषधि नपाउदा यहाको जनतालाइ भारत वाट औषधि किन्नु परेको छन । नेपालि काग्रेसले गाउँपालिकाको यस्तो भ्रष्टाचारी हेरेपछि १६ वुदे ज्ञापन पत्र वुझाए पछि केहि जवाफ नआएपछि हामिले सान्तिपुर्ण अन्दोल गरेको छ। अन्दोलको नरा गाउँपालिका अध्यक्ष खुर्शी छोर,प्रशासकीय अधिकृतको हाजिर गर,हम्रो मग पुरा गर,भ्रष्टाचारी अन्त गर भन्नै नरालगाउदै कोण सभामा परीनत भएको थिए।

प्रतिकृया दिनुहोस्