Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

श्रीलंकाका राष्ट्रपति राजापक्षेले दाइ महिन्दालाई बनाए प्रधानमन्त्री

Janakpur Today by Janakpur Today
November 21, 2019
in अन्तर्राष्ट्रिय
7 0
0
8
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी,मंसिर ५ गते। श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्षे यसअघि झण्डै दश बर्ष राष्ट्रपति थिए । सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिको रुपमा श्रीलंकामा शासन गरेका थिए ।यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गरेका थिए । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उनले राजिनामा दिएका थिए ।

राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारहरुमा जनाइएको छ ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाएका हुन् । महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ ।सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । श्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् ।

तत्कालिन सत्तारुढ दल युनाइडेट नेसनल पार्टी ९युडीपी०का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् ।निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए । अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने बताएका थिए ।

झण्डै दश बर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।श्रीलंकाली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका भएका राजापाक्षे दाई महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव थिए ।

Previous Post

सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट

Next Post

मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट, विस्फोटको जिम्मा कसैले लिएन

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २३ गते-PDF

December 9, 2019

चन्द्रनिगाहपुरमा नगर स्तरिय हाजिरी जवाफ

December 9, 2019

कुस्तीमा स्वर्ण जितेकी संगीताले भनिन–पदक आमालाई समर्पण छ

December 8, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २२ गते-PDF

December 8, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In