Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

नर्सरी सामाग्री हस्तानान्तरण

Janakpur Today by Janakpur Today
November 13, 2019
in जनकपुर टुडे विशेष, प्रदेश, स्थानीय समाचार
29 0
0
35
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

सरु लामा

धनुषा,कार्तिक २७ गते। जैविक खेतीलाई प्रबद्र्धन गर्दै आएको धनुषाको मिथिला नगरपालिका वडा नं. १० लालगढ स्थित सेवा निवृत्त कर्मचारी कृषि सहकारी संस्थालाई नर्सरी सामाग्री हस्तानान्तरण गरिएको छ ।

हरित गृह (टनेल) मार्फत जैविक खेती गर्दै आएका कृषकहरुलाई प्रोत्साहित गर्ने उदेश्यले यूएनडीपीको सहयोगमा बुधवार संस्थालाई नर्सरी सामाग्री हस्तानान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का निती आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले सो सामाग्री संस्थाका अध्यक्ष टेकबहादुर पौडेललाई हस्तानान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै डा. झाले जैविक खेती आजको मुख्य आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले कृषीमूलक वस्तुहरुको उत्पादन बढाउन तथा जैविक खेतीको प्रबद्र्धनका लागि यूवापुस्तालाई सहकारी मार्फत जोडनु पर्ने बताउनुभयो । कृषि क्रान्तिका लागि यूवाशक्तिलाई स्वदेशमै रोजगार गर्ने वातावरणको निर्माणमा सबै पक्षबाट पहल हुनु पर्ने उहाँको धारणा थियो ।

त्यस्तै सामाजिक अभियन्ता तथा प्रदेश सभा सदस्य रामअशिष यादवले विषादीका कारण माटोको उर्वराशक्ति नष्ट हुनुका साथै अधिकांश मानिस अस्वस्थ भइरहेको अवस्थामा यसलाई समयमै रोक्न जैविक खेती आवश्यक रहेकोमा जोड दिनुभयो । जैविक खेतीको लागि आर्गेनिक टनेलको ज्ञान र सीप हरेक किसानसम्म पु¥याउन उहाँले सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

वडाध्यक्ष सविन विक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार ध्रुव प्रसाद गजुरेलले हरित गृह, स्थानिय स्तरमा बनाउन सकिने जैविक मल लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रम पश्चात सहभागीहरुले लालगढ स्थित ग्रिन भिलेज र धनौजीमा गरिएको जैविक खेतीको अवलोकन समेत गरेका थिए ।

मिथिला नगरपालिका कार्यालय तथा संस्थाको संयूक्त आयोजनामा भएको उक्त कार्यक्रममा यूएनडीपीका प्रदेश कार्यक्रमका संयोजक अर्जुन कुशवाहा, नेपाल दलित समाज उत्थानका अध्यक्ष सुनिल कुमार ठाकुर, मिथिला नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, नक्टाझिजस्थित हरित गृहका संचालक शम्भु ढकाल, हातेमालो यूवा क्लबका प्रतिनिधीहरु, हरित गृह मार्फत जैविक खेती गर्दै आएका स्थानिय कृषकहरु, भैंसी पालनमा लागेका किसान तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Previous Post

जनकपुर टुडे २०७६ कार्तिक २७ गते-PDF

Next Post

जनकपुर टुडे २०७६ कार्तिक २८ गते-PDF

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019

बरियारपट्टीमा साइकल वितरण

December 11, 2019

सबैला नगरपालिकामा ‘बालश्रममुक्त अभियान’

December 11, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २५ गते-PDF

December 11, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २४ गते-PDF

December 10, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In